Comments Add Comment

Advertisment

SKIP THIS

तीनवटै तहको निर्वाचन सम्पन्न नहुन्जेल गठबन्धन कायमै रहन्छ : प्रविधि मन्त्री देवेन्द्रपौडेल

२९ माघ , काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले तीनवटै तहको निर्वाचन सम्पन्न नहुन्जेलसम्म सत्तारुढ गठबन्धन कायमै रहने बताएका छन् । आज काठमाडौंमा आयोजित एक साक्षात्कार कार्यक्रममा बोल्दै मन्त्री पौडेलले स्थानीय तहको निर्वाचन सम्पन्न हुने वित्तिकै सरकारले संघ र प्रदेशको निर्वाचनको मिति घोषणा गर्ने बताए ।

अहिलेकै गठबन्धनले तीनवटै तहको निर्वाचन कम्प्लेट गर्छ  र, यही गठबन्धनले एक वर्षभित्रमा सबै चुनावहरू गरेर स्थानीय तहको सरकार, प्रदेश तहको सरकार र संघीय सरकार निर्वाचनको प्रक्रियाबाट नयाँ नबन्दासम्म सकुशल निर्वाचन गर्ने गरी यो गठबन्धनले आफ्नो कार्यसूची अघि बढाएको छ ।

स्थानीय तहको निर्वाचन एकैपटक गर्ने घोषणा भइसकेको छ । अब सर्वोच्च अदालतले गरेको फैसलाको आधारमा संघ र प्रदेशको निर्वाचनको मिति पनि स्थानीय तहको निर्वाचन सम्पन्न हुने वित्तिकै घोषणा हुन्छ । यो एक वर्ष निर्वाचनको वर्ष हुनेछ । हाम्रो पार्टी सकेसम्म गठबन्धनकै रुपमा निर्वाचनको प्रतिस्पर्धामा जानेछ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै