Comments Add Comment

Advertisment

SKIP THIS

१८ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा बर्दियाबाट दुई युवक पक्राउ

बर्दिया, बलात्कार गरेको आरोपमा बर्दियाबाट दुई युवक पक्राउ परेका छन्। १८ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा ठाकुरबाबा नगरपालिका– ६ बस्ने २४ वर्षीय विनोद परियार र सोही ठाउँका २० वर्षीय नमराज परियार पक्राउ परेका हुन्।

उनीहरूले किशोरी घरमा बसिरहेको अवस्थामा आइतबार घुम्न जाने भन्दै जबर्जस्ती मोटरसाइकलमा राखेर ठाकुरबाबा नगरपालिका– ७ स्थित सामुदायिक वनमा लगेर बलात्कार गरी फरार भएका प्रहरीले जनाएको छ।

आरोपी दुवैजनालाई इलाका प्रहरी कार्यालय बगनाह भुरीगाउँबाट खटिएको प्रहरी टोलीले उनीहरूकै गाउँबाट पक्राउ गरेको सूचना अधिकारी प्रहरी नायब उपरीक्षक हिक्मतबहादुर बोहराले जानकारी दिए। आरोपी दुवैलाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान भइरहेको सूचना अधिकारी बोहराले बताए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै