Comments Add Comment

हराइरहेको जेटका चालकको शव जापानको सागरमा फेला

१ फागुन, काठमाण्डौं । जनवरीमा बेपत्ता भएको जापानी एफ–१५ लडाकु विमानका पाइलटको शव जापानको सागरमा फेला परेको जापानी सञ्चारमाध्यमले जनाएका छन्।

पाइलटको शव इशिकावा दुर्घटनास्थल नजिकै फेला परेको एनएचके प्रसारकले आइतबार जनाएको छ। जापानको सागरमा सोही क्षेत्रमा लडाकु जेटको किलको टुक्रा भेटिएको थियो ।

अर्का पाइलटको भने खोजी भइरहेको जनाइएको छ । उक्त लडाकु विमान जनवरी ३१ मा इशिकावाको केन्द्रीय प्रिफेक्चरको एयरबेसबाट उडेको केही समयपछि जापानको सागरमा हराएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै