होटलमा छापा मार्दा चितुवाको छाला र ६ किलो चरेश फेला, प्रहरी हवल्दारसहित ३ जना पक्राउ -
Comments Add Comment

Advertisment

SKIP THIS

होटलमा छापा मार्दा चितुवाको छाला र ६ किलो चरेश फेला, प्रहरी हवल्दारसहित ३ जना पक्राउ

२ कात्तिक , काठमाडौ । कैलालीको धनगढी उप–महानगरपालिका–४ स्थित जुमेरा होटलबाट प्रहरीले चितुवाको छाला र चरेशसहित ३ जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सूदुरपश्चिमको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा कार्यरत प्रहरी सहायक हवल्दार करनबहादुर चन्द, बाजुरा घर भएका कृष्ण रोकाया र हेमराज जोशी छन् ।

आरोपितहरुको साथबाट १ फिट १० इन्च लामो चितुवाको छाला र ६ किलो ७४० ग्राम लागुऔषध चरेश बरामद गरिएको जिप्रका कैलालीका प्रवक्ता ९डिएसपी० कुलदिप चन्दले बताए । आरोपितहरुले चरेश प्रतिकेजी ५० हजार र चितुवाको छाला प्रतिफट ५० हजारको दरले बेच्नका लागी ‘डिल’ गरेका थिए ।

किनबेच भइरहेको सूचना पाएपछि होटलमा छापा मारेर पक्राउ गरिएको डिएसपी चन्दले जानकारी दिए । वडा प्रहरी कार्यालय कैलालीका इन्स्पेक्टर जनकराज ढुंगना नेतृत्वको टिमले सो अपरेशनको कमाण्ड गरेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment