Comments Add Comment

Advertisment

SKIP THIS

काँग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक सुरु

१ फागुन, काठमाण्डौं । नेपाली काँग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक सुरु भएको छ ।

सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा केही बेरअघि बैठक सुरु भएको कार्यालयका सचिव एवं सूचना अधिकारी केशव रिजालले जानकारी दिए । गत बिहीबारदेखि सुरु भएको बैठकमा अधिवेशन हुन बाँकी १६ जिल्लाको अधिवेशन सम्पन्न गराउने र म्याद सकिएका भातृ तथा शुभेच्छुक संस्थाको अधिवेशन छिट्टै गराउने सम्बन्धमा छलफल भइरहेको छ ।

सूचना अधिकारी रिजालका अनुसार बैठकमा केन्द्रीय कार्यसम्पादन समिति सदस्यहरूले धारणा राखिसकेका छन् । उनले भने, ‘बैठकमा सदस्यहरूले धारणा राखि सक्नु भयो अब पदाधिकारीले मात्रै बोल्न बाँकी छ ।’ पदाधिकारीले बोल्ने क्रम सकेर आजै बैठक सक्ने काँग्रेसको तयारी छ । बैठकमा प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाविरुद्ध दर्ता भएको महाअभियोग प्रस्तावका सम्बन्धमा पनि छलफल गर्ने जनाइएको छ ।

साथै बैठकको एजेन्डा बाहिर रहेको अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) समर्थन गर्ने संस्थागत धारणा पनि सार्वजनिक गरिसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment