Comments Add Comment

Advertisment

SKIP THIS

जनताले न्याय पाउने कुरा अवरुद्ध हुन नदिन महाअभियोग : प्रकाशशरण महत

२ फागुन, काठमाडौं । सत्तारुढ दल नेपाली काँग्रेसले जनताले न्याय पाउने कुरालाई अवरुद्ध हुन नदिन संसदमा प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्ध महाअभियोग प्रस्ताव दर्ता गर्नु परेको बताएको छ । नेपाली काँग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले सर्वोच्च प्रधानन्यायाधीश जबराविरुद्ध महाअभियोग प्रस्ताव दर्ता गरिएपनि त्यस विषयमा पार्टीको केन्द्रिय कार्य सम्पादन समितिको बैठकमा विस्तृत छलफल नभएको बताए ।

आज कार्य सम्पादन समितिको बैठकमा बोल्ने क्रम समाप्त भयो । अव पर्सी ३ बजे हामी प्रस्तावसहित निर्णयमा पुग्छौं ।’ महतले भने ‘लामो समयदेखि सर्वोच्च अदालत अवरुद्ध थियो । जनताले न्याय पाउने कुरा पनि अवरुद्ध भएपछि सांसद साथीहरुले अवरोध हटाउन यो प्रस्ताव गरिएको हो ।

प्रवक्ता महतले एमसीसी संसदमा निर्णयार्थ पेश गर्ने र त्यसका लागि जनमत तयार पार्न देशव्यापी अभियान संचालन गर्ने निष्कर्षमा पनि पार्टी पुगेको बताए । ‘उनले सो सम्झौता संसदबाट पारित गर्न पार्टीका सबै नेताहरु एकमत रहेको पनि दोहो¥याए । ‘एमसीसी पास गर्ने कुरामा त हाम्रो पार्टीमा कुनै विमति छैन ।

एमसीसी’दयगत भ्रमण चिर्न देशव्यापी अभियान चलाउने, संसदमा पनि यो प्रस्ताव लगेर पास गराउने अभियानमा पनि पार्टी पूर्ण रुपमा लाग्ने र हाम्रो संसदीय दलको बैठकमा पनि हुन्छ । त्यो नै निष्कर्ष पार्टीको हो । यो राजधानी दैनिकमा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै