Comments Add Comment

Advertisment

SKIP THIS

चारवटा जिल्लामा मेगा बैंकको शाखारहित बैंकिङ सेवा विस्तार

०२ फाल्गुण , काठमाडौं । मेगा बैंक नेपाल लिमिटेडले चारवटा जिल्लाका बैंकिङ सेवा नपुगेका पाँच स्थानमा शाखारहित बैंकिङ सेवा शुभारम्भ गरेको छ ।

मेगा बैंकले भोजपुर जिल्लाको पौवादुम्मा गाउँपालिका–३ मा रोशन खड्का, सिन्धुली जिल्लाको गोलञ्जोर गाउँपालिका–५ मा कुमार श्रेष्ठ, गुल्मी जिल्लाको मुसिकोट नगरपालिका–५ देउरालीमा महेन्द्र घिमिरे, कञ्चनपुर जिल्लाको पुनर्बास नगरपालिका–८ मा नारायण पन्त र कृष्णपुर नगरपालिका–२ बाङकामा जानकी रावतलाई व्यावसायिक प्रतिनिधि नियुक्त गरी शाखारहित बैंकिङ सेवा विस्तार गरेको हो ।

शाखारहित बैंकिङ सेवा अन्तर्गत बैंकले नियुक्त गरेका व्यावसायिक प्रतिनिधिमार्फत खाता खोल्ने, दैनिक खातामा रकम जम्मा गर्ने, झिक्ने, नेपाल टेलिकम, एनसेलमा रिचार्ज, डिसहोमको रिचार्ज गर्ने लगायतका सुविधाका साथै सेवाग्राहीलाई आवश्यक परेको खण्डमा कर्जा लगानीको लागि आवश्यक प्रक्रिया अगाडि वढाउन सकिने ब्यवस्था रहेको छ ।

मेगा बैंकले स्थापनाकालदेखि नै ग्रामीण क्षेत्रमा बैंकिङ पहुँच पु¥याउने उद्देश्यले हलोदेखि हाइड्रोसम्म सेवा प्रदान गर्ने लक्ष्यका साथ ग्रामीण क्षेत्रलाई प्राथमिकता दिई कार्यक्रमहरु सञ्चालन गर्दै आइरहेको छ । शाखारहित बैंकिङ सेवा ग्रामीण क्षेत्रमा वित्तीय सेवा प्रवाह गर्ने महत्वपूर्ण माध्यमको रुपमा रहिआएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै