Comments Add Comment

Advertisment

SKIP THIS

सिंहदरबारमा सभामुखले बोलाएको सर्वदलीय बैठक सुरु

२ फागुन, काठमाण्डौं । सभामुख अग्नि सापकोटाले बोलाएको सर्वदलीय बैठक सिंहदरबारमा सुरु भएको छ । बैठकमा एमाले बाहेक संसदमा प्रतिनिधित्व गर्ने राजनीतिक दलका नेताहरु सहभागी छन् ।

बैठकमा काँग्रेस सभापति समेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, जसपाका उपेन्द्र यादव लगायतका नेताहरु सहभागी छन् ।

सत्ता गठबन्धनले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाविरुद्ध महाभियोग प्रस्ताव दर्ता गरेपछि सभामुखले सर्वदलीय बैठक बोलाएका हुन् । बैठकले महाभियोग परामर्श समिति गठन गर्ने तयारी गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

सर्वदलीय बैठक आज : एमाले नजाने

Advertisment

छुटाउनुभयो कि? सबै

सर्वदलीय बैठक आज : एमाले नजाने