३ फागुन, काठमाडौं । मकवानपुर प्रहरीले लागू औषधसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुरले हेटौंडा-४ मा सञ्चालित चटामरी हाउसबाट लागू औषधसहित चटामरीका सञ्चालक हेटौंडा-२ का ४० वर्षीय नमोरत्न मानन्धर र हेटौंडा-८ कमानेका १८ वर्षीय अभिषेक मोक्तानलाई पक्राउ गरेको हो ।
पक्राउ परेका उनीहरुको चटामारीमा लुकाएर राखिएको १ सय एमएलको ओमरेक्ससहित २० ग्राम लागूऔषध गाँजासमेत बरामद गरेको र उनीहरमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।





