Comments Add Comment

Advertisment

SKIP THIS

लक्ष्मी बैंकको ११औं एक्स्टेन्सन काउण्टर विस्तार

५ फागुन, काठमाण्डौं । लक्ष्मी बैंकले ११औं एक्स्टेन्सन काउण्टर रुकुम पश्चिमको त्रिवेणी गाँउपालिकास्थित झुलनेटामा स्थापना गरेको छ । बैंकले वित्तीय पहुँच नपुगेका क्षेत्रहरुमा सक्रिय रुपमा सेवा विस्तार गर्दै आएको छ । यस नयाँ एक्स्टेन्सन स्थापना सँगै बैंकको संजाल अब ५० जिल्लामा १४१ शाखा, ११ एक्स्टेन्सन काउण्टर, ५ हस्पिटल सेवा काउन्टर, १७२ एटिएम, २५ सय भन्दा बढि रेमिटेन्स् एजेन्ट तथा ६३ शाखा रहित बैंकिङ्ग एजेन्ट पुगेको छ ।

बैंकले अझ सुदृढ सेवाका लागि बचत खाता योजना, मुद्दती निक्षेप योजना, घर तथा सवारी कर्जा, साना व्यवसायी कर्जा, लघुवित्त, लगायतका वित्तीय सेवा बढाउने बताएको छ । यो विस्तारसँगै बैंकले ग्राहकहरुलाई उनीहरुकै रोजाईको माध्यम अर्थात शाखा कार्यालय, इन्टरनेट बैंकिङ्ग वा मोवाईल बैंकिङ्ग सेवा प्रदान गरी शहरी तथा अर्ध शहरी क्षेत्रमा आफ्नो ब्राण्ड तथा ग्राहकलाई अझ सशक्त पार्ने नीति अनुरुप फड्को मार्ने विश्वास लिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै