Comments Add Comment

Advertisment

SKIP THIS

नेपालले ओमानलाई ३९ रनले पराजित

६ फागुन, काठमाण्डौं । आएसीसी टी–२० विश्वकप छनौट अन्तर्गत शुक्रबार नेपालले ओमानलाई ३९ रनले पराजित गरेको छ । समूह ‘ए’ अन्तर्गतको पहिलो खेलमा नेपालले जितका साथ खाता खोलेको हो । टस जितेर ओमानले ब्याटिङका लागि निम्त्याएपछि नेपालले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा ११७ रन बनाएको थियो । नेपालका लागि आरिफ शेखले सर्वाधिक ३८ रन बनाएका थिए । यस्तै, लोकेश बम र सन्दीप लामिछानेले समान १६–१६ रन बनाए ।

ओमानका लागि खवर अलीले सर्वाधिक तीन विकेट लिए भने बिलाल खानले दुई, फयाज बट र जीशान मकसुदले एक/एक विकेट हासिल गरे । ११८ रनको लक्ष्यसहित जवाफी ब्याटिङमा उत्रिएको ओमानले १७ ओभरमा ७८ रन बनाउँदा आफ्ना सबै विकेट गुमाएको हो । ओमानका लागि नसिम खुशीले सर्वाधिक २४ रन बनाउँदा अन्य कुनै पनि ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment