Comments Add Comment

Advertisment

SKIP THIS

देउवा-ओली वार्तामा एमाले बरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल

१० फागुन, काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा र प्रमुख विपक्षी दलका नेता केपी शर्मा ओलीबीच बालुवाटारमा भएको विशेष वार्तामा एमालेका बरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल पनि सहभागी भएका छन् । वार्ता चलिरहेका बेला सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्की बालुवाटारबाट बाहिरिएका छन् ।

एमसीसीका कारण सत्ता गठबन्धन धरापमा परेका बेला एक साताभित्रै प्रधानमन्त्रीले एमालेसँग दोस्रो तर निर्णायक वार्ता गरेका हुन् । प्रधानमन्त्री देउवा बालकोट गएर ओलीसँग छलफल गरेको एक साता नपुग्दै बालुवाटारमा विशेष वार्ता हुनुलाई अर्थपूर्ण रुपमा लिइएको छ ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै