Comments Add Comment

Advertisment

SKIP THIS

एसएसपी गिरीले प्रहरीलाई आन्दोलनकारीबाट जोगाउने जानकीलाई धन्यवाद दिए

११ फागुन, काठमाडौं । एसएसपी गिरीले प्रहरीलाई आन्दोलनकारीबाट जोगाउने जानकीलाई धन्यवाद दिएका छन । काठमाडौं महानगरपालिकाकी उपप्रमुख हरिप्रभा खड्गी, काठमाडौंका प्रमुख जिल्ला अधिकारी गोविन्द रिजाल र काठमाडौं प्रहरी परिसरका प्रमुख एसएसपी सुदिप गिरी जानकी श्रेष्ठको पसलमा पुगेका थिए ।

No description available.

८ फागुनमा एमसीसी (मिलिनियम च्यालेञ्ज कर्पोरेसन) सम्झौता संसदमा टेबल भएपछि प्रदर्शनमा उत्रिएका आन्दोलनकारीले काठमाडौंको बुद्धनगरस्थित जानकीको बुटिकमा तोडफोड गरे । आन्दोलनकारीको प्रहारबाट जोगिन भाग्दै आएका प्रहरी जानकीको बुटिकमा पसेको थाहा पाएपछि आन्दोलनकारीले उनको पसलमा तोडफोड गरेका थिए ।

 

No description available.

पसल तोडफोड भएको दुई दिनसम्म पनि जानकीले के गर्ने, कसो गर्ने  भन्ने भेउ पाउन सकेकी थिइनन् । महानगर, काठमाडौंका प्रमुख जिल्ला अधिकारी र काठमाडौं प्रहरी परिसरका प्रमुख नै आफ्नो पसलमा आएपछि उनले थोरै भए पनि राहत महसुस गरेकी छिन् ।

काठमाडौं उपमहानगरकी उपप्रमुख हरिप्रभा खड्गीले जानकीलाई सम्झाउँदै भनिन्, ‘चिन्ता गर्नु पर्दैन । हामीले पनि ०६२-६३ को जनआन्दोलनमा यस्तो धेरै भोगेका छौँ । गृह मन्त्रालयलाई तपाईंलाई राहत दिलाउन हामी प्रयास गर्छौं ।’

उपप्रमुख खड्गीले आफ्नो ज्यान जोखिममा राखेर प्रहरी जोगाएकोमा जानकीलाई धन्यवाद पनि दिइन् । काठमाडौं प्रहरी परिसरका प्रमुख सुदिप गिरीले तोडफोड गरिएको पसल हेरेपछि जानकीलाई सोधे, ‘हाम्रा साथीहरूलाई चाहिँ कहाँ राखेर जोगाउनुभयो नि ?’

अनि जानकीले भनिन्, ‘पुलिसभित्र छिरेपछि आन्दोलनकारीले सटर खोलेर सिसा फुटाउन थालेपछि पुलिसलाई पछाडितर्फको गोदाममा लगेर लुकाए ।’ जानकीको कुरा सुनेपछि एसएसपी गिरीले भने, ‘तपाईंलाई धेरै धन्यवाद सुरक्षाकर्मीको ज्यान जोगाइदिनुभयो । तपाईं त हाम्रो लागि भगवान जस्तै हुनुभयो ।’

त्यसपछि जानकीले भनिन्, ‘मेरो ज्यान त भगवानले बचाए सर  प्रहरीको ज्यान जोगाउन पाएकोमा आफूलाई गर्व लागेको पनि उनले सुनाइन् । ‘त्यत्रो ढुंगामुढा हान्दा पनि प्रहरी जोगाए भनेर गर्व पनि लागेको छ,’ जानकीले सुनाइन्, ‘तर, पसल भने बर्बाद भयो ।’

एसएसपी गिरी र काठमाडौंका प्रमुख जिल्ला अधिकारी गोविन्द रिजालले तोडफोड भएको पसलको क्षतिपूर्तिका लागि गृह मन्त्रालयमा प्रस्ताव गर्ने वाचा गरेका छन् । प्रमुख जिल्ला अधिकारी रिजालले भने, ‘प्रहरीले पसलको मुचुल्का उठाइसकेको छ । अब हामी गृह मन्त्रालयसँग क्षतिपूर्तिका लागि प्रस्ताव गर्छौं ।’

यता एसएसपी गिरीले पनि तोडफोडबाट क्षतिग्रस्त बनेको जानकीको पसलको मर्मत सम्भारमा सहयोग गर्ने वचन दिएका छन् । उनले जानकीलाई भने, ‘यो सरसफाइ गर्न हामी मान्छे पठाउँछौँ । चिन्ता नलिनुहोस् ।’ आन्दोलनकारीको ढुंगामुढाले फुटेको सिसा लागेर उनको हातको औँलामा चोट लागेको छ । आठ वर्षदेखि बुद्धनगरमा पसल चलाइरहेकी जानकीले आफ्नो पसल र ज्यानको परबाह नगरी प्रहरीको ज्यान जोगाइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Young Voices, Green Choices: Kamal Pokhrel Ignites Earth Day Action in Chandragiri Ward-13

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै