Comments Add Comment

Advertisment

SKIP THIS

ज्यान मुद्दाका फरार प्रतिवादी २० वर्षपछि पक्राउ

१३ असोज , काठमाडौँ । कापिलवस्तुमा ज्यान मुद्दाका फरार दुई प्रतिवादी २० वर्षपछि पक्राउ परेका छन् । जिल्लाको बुद्धभूमि नगरपालिका–९ बस्ने ५७ वर्षका भिखु थारु र सोही ठाउँका ६३ का चैतराम थारुलाई इलाका प्रहरी कार्यालय गोरुसिंगेले पक्राउ गरेको हो ।

उनीहरूले २०५९ साल फागुन ३० गते राति ४५ वर्षीया आसिया थारुलाई राति सुतिरहेको समयमा ४ जनाको समूहले कुटपिट गरी हत्या गरेका थिए । इलाका प्रहरी कार्यालय गोरुसिंगेले उनीहरूमाथि थप अनुसन्धान भइरहेको बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment