१२ फागुन , काठमाडौं । काठमाण्डौ जिल्लाको बुढानिलकण्ठबाट चोरीको सामानसहित १ जना पक्रउ परेको छ । पक्राउ पर्नेमा सिन्धुली जिल्लाको घुर्मि गाउँ पालिका वडा नं. ४ घर भई हाल जिल्ला काठमाण्डौं बुढानिलकण्ठ नगरपालीका वडा नं. ४ पासिकोट बस्ने वर्ष २८ को युवराज तामाङ रहेका छन।
जिल्ला रामेछाप उमाकुण्ड गाउँ पालिका वडा नं ५ घर भई हाल जिल्ला काठमाण्डौं बुढानिलकण्ठ नगर पालिका वडा नं ९ सुकेधारा बस्ने World Link को कर्मचारी अर्जुन सुनुवारले इन्ट्रानेट सम्बन्धी काम गर्दै गरेको अवस्थामा उक्त स्थानबाट World Link मा प्रयोग हुने Nokia Dual Band Router 4pcs र Nokia Single Band Router 2pcs र Av cableथान- ३ सहित नीलो ब्याग चोरी भएको प्रहरीले जानकारी दिए ।
प्रहरी प्रभाग बुढानिलकण्ठबाट खटिएको बिशेष प्रहरी टोलीले सुक्ष्म अनुसन्धान गर्ने क्रममा बुढानिलकण्ठ नगर पालिका वडा नं. ७ गणेश चोक ह्याप्पी कोलोनीभित्र उक्त सामान बिक्री गर्ने उद्देश्यले हिँडि रहेको तामाङको साथबाट Nokia Dual Band Router 4pcs र Nokia Single Band Router 2pcs र Av cable ३ थान बरामद गरि नियन्त्रणमा लिएको हो।
पक्राउ परेका तामाङमाथि उपर मुलुकी अपराध (संहिता) ऐन,२०७४ को परिच्छेद -२० अन्तर्गत चोरी तथा डाँका सम्बन्धी कसुर अन्तर्गत काठमाण्डौ जिल्ला अदालतबाट दिन-को म्याद थप गरी अनुसन्धान भइरहेको महानगरीय प्रहरी बृत्त महाराजगञ्जले जनाएको छ ।





