Comments Add Comment

Advertisment

SKIP THIS

५० लाख नागरिकले युक्रेन छोड्ने राष्ट्रसंघको भनाइ

१४ फागुन, एजेन्सी । संयुक्तराष्ट्र संघका सहायता एजेन्सीहरूले ५० लाख युक्रेनीहरू वरपरका देशहरूमा भाग्न सक्ने अनुमान गरेका छन्। कम्तिमा एक लाख मानिस रुसी आक्रमणबाट विस्थापित भइसकेको संयुक्त राष्ट्र शरणार्थी एजेन्सीले जनाएको छ। जसमध्ये आधा ४८ घण्टाभित्र प्रभावित भएका हुन्।

पोल्याण्ड, मोलदोभा, रोमानिया, हंगेरी र स्लोभाकियाले आफ्नो सिमामा युक्रेनीहरु आइपुगेको बताएका छन्। बिहीबार यतामात्रै ३५ हजार मानिस पोल्याण्ड पुगेका र सिमामा अझै धेरै लाइनमा बसिरहेका बीबीसीले जनाएको छ।

पोल्याण्डले एक लाखसम्मलाई शरण दिनसक्ने बताएको छ। तर राष्ट्रसंघले यो संख्या बढ्नसक्ने चेतावनी दिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै