Comments Add Comment

Advertisment

SKIP THIS

कारबाहीमा परेका १४ सांसदलाई नहटाएसम्म सदन चल्न दिँदैनौँः बादल

१४ फागुन, काठमाण्डौं । नेकपा एमालेका उपाध्यक्ष रामबहादुर थापा बादलले पार्टीले कारबाही गरेको १४ सांसदलाई हटाएको सूचना टाँस नगरेसम्म संसद चल्न नदिने चेतावनी दिएका छन् ।

शनिबार नेकपा एमाले सुर्खेतले गरेको कर्णाली प्रदेशस्तरीय प्रशिक्षण तथा अभिमुखीकरण कार्यक्रममा उपाध्यक्ष थापाले यस्तो बताएका हुन् ।

देश र जनताका लागि राम्रो काम गरेकै कारण एमाले एकातर्फ र अरु सबै दल अर्कोतर्फ ध्रुवीकृत भएको पनि उपाध्यक्ष थापाले दावी गरे ।

एमालेलाई विगतको एकीकृत पार्टी नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० कै निरन्तरताको पार्टी बुझ्नुपर्ने उनको भनाइ छ ।

केन्द्रीय स्कूल विभाग, निर्वाचन विभाग र स्थानीय तह विभागको आयोजना तथा कर्णाली प्रदेश कमिटीको व्यवस्थापनमा आउँदो निर्वाचनलाई लक्षित गरी आयोजित प्रशिक्षणमा दुई सय १५ जनाभन्दा बढीको सहभागिता छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै