Comments Add Comment

Advertisment

SKIP THIS

डीआईजी अरुण कुमार बिसीद्वारा नागरिक सहायता कक्षको उद्घाटन

१५ फगुन , काठमाडौं । जिल्ला प्रहरी कार्यालय तेह्रथुम परिसरमा रहेको नागरिक सहायता कक्ष भवनको उद्घाटन भएको छ ।

जिल्ला प्रहरी कार्यालय तेह्रथुम हाताभित्र आज बिहान भएको कार्यक्रमकाबीच एक नम्बर प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक (डीआईजी) अरुण कुमार बिसीले उक्त नवनिर्मित नागरिक सहायता कक्ष भवनको उद्घाटन गरेका हुन् ।

उद्घाटन तथा जिल्ला प्रहरी कार्यालय तेह्रथुमको निरीक्षण पश्चात कार्यक्रममा बोल्दै डीआईजी बिसीले गाँस बासको उचित व्यवस्था भएसंगै प्रहरी कर्मचारीहरुमा काम गर्ने थप हौसला मिल्ने बताए । उनले आगामी दिनमा हुन गईरहेको स्थानीय निर्वाचन त्रुटि रहित सम्पन्न गराउनका लागी तयारी हुन र जिल्लाको शान्ति सुरक्षामा विशेष ध्यान दिनुका साथै प्रहरी कर्मचारहरुले जनमैत्री प्रहरी सेवा प्रदान गर्न र कानूनको परिधीमा रही जन चाहना बमोजिमको प्रहरी सेवा प्रदान गर्न प्रहरी कर्मचारीहरुलाई समेत निर्देशन दिएका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Young Voices, Green Choices: Kamal Pokhrel Ignites Earth Day Action in Chandragiri Ward-13

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै