Comments Add Comment

Advertisment

SKIP THIS

अध्यागमनका सुब्बा नै सुन तस्करीमा संलग्न

१५ फगुन , काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन कार्यालयमा कार्यरत कर्मचारी नै सुन तस्करीमा संलग्न रहेको तथ्य बाहिरिएको छ । विमानस्थल प्रहरीले सुन तस्करीमा संलग्न रहेको आरोपमा अध्यागमनका एक नायब सुब्बासहित दुई जनालाई पक्राउ गरेको हो ।

विमानस्थल प्रहरीका अनुसार शुक्रबार १ किलो १६५ ग्राम अवैध रुपमा ल्याइएको सुनसहित एक व्यक्ति पक्राउ परेका थिए । बिहान साढे ९ बजे फ्लाई दुबईको उडान नं. एफजेड५७१ द्वारा दुबईबाट नेपाल आएका सुनसरी ईटहरी–१६ लविपुर घर भएका ३४ वर्षीय कमल घिमिरे पक्राउ परेका हुन् ।

विमानस्थलको आगमन टनेल गेटमा जाँच गर्दा घिमिरेले लगाएको ज्याकेट र पाइन्टका गोजीहरुमा कालो रंगको थैलीभित्र राखी सुन ल्याइएको थियो । उनको साथबाट सुनको सिक्री १० थान (११६५ ग्राम) फेला परेको थियो, जसको बजार मूल्य ९८ लाख ८७ हजार रुपैयाँ रहेको प्रहरीले जनाएको छ ।

प्रहरीको प्रारम्भिक अनुसन्धानमा विमानस्थलको अध्यागमन कार्यालयमा कार्यरत नायव सुब्बा लक्ष्मण गुरागाईंले भन्सार छल्नमा सहयोग गरेका थिए । भन्सार छलेर बाहिर निस्के पनि पछि प्रहरीले आशंका लागेपछि जाँच गर्दा घिमिरेलाई पक्राउ गर्न सफल भएको थियो ।

विमानस्थल प्रहरीले उनीहरुलाई थप अनुसन्धान एवं आवश्यक कारबाहीको लागि त्रिभुवन विमानस्थल भन्सार कार्यालय, गौचर बुझाइएको जानकारी दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै