आगन्तुक रिसोर्टमा एभरेष्ट बैंकका कर्मचारी र ग्राहकहरुलाई छुट -
Comments Add Comment

आगन्तुक रिसोर्टमा एभरेष्ट बैंकका कर्मचारी र ग्राहकहरुलाई छुट

१६ फागुन, काठमाण्डौं । एभरेष्ट बैंक र आगन्तुक रिसोर्टबीच बैंकका कार्डधारक, मोबाइल बैंकिङ प्रयोगकर्ताहरू र बैंकका कर्मचारीहरूलाई रिसोर्टमा छुट दिने सहमति भएको छ । आवासमा २३ र खाना र पेय पदार्थमा १४ प्रतिशत छुट दिने सम्झौता भएको बैंकले जानकारी दिएको छ ।

सम्झौतापत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत (सीइओ) सुदेश खालिङ र रिसोर्टका बोर्ड कोर्डिनेटर कृष्णप्रसाद ज्ञवालीले हस्ताक्षर गरेका हुन् । एभरेष्ट बैंकले हालसम्म देशभर ११३ शाखा, ३१ राजस्व संकलन काउन्टर, १४६ एटीएममार्फत बैंकिङ सेवा दिँदै आएको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै


This will close in 20 seconds