Comments Add Comment

Advertisment

SKIP THIS

रुसमाथि फिफा र यूईएफएले लगाए प्रतिबन्ध

१७ फागुन , काठमाडौं । रुसमाथि फिफा र र यूईएफएले प्रतिबन्ध लगाएका छन्। रुसले युक्रेनमाथि आक्रमण गरेपछि युक्रेनी जनतासँग ऐक्यवद्धता जनाउँदै विश्व फुटबलको सर्वोच्च निकाय फिफा र युरोपियन फुटबलको सर्वोच्च निकाय यूईएफएले प्रतिबन्ध लगाएका हुन्।

प्रतिबन्ध मात्र लगाएका छैनन् फिफा र युईएफएले रुसको राष्ट्रिय टिमसँग सबै क्लबका खेलमासमेत रोक लगाएका छन्। यो प्रतिबन्धनले रुस आगामी मार्चमा हुने पोल्याण्डविरुद्धको विश्वकप छनोट अन्तर्गतको प्ले अफ खेल्न नपाउने भएको छ।

रुसी क्लब मस्को युरोपा लिगबाटसमेत बाहिर पुगेको छ। आइतबार रुसलाई राष्ट्रिय झण्डा र राष्ट्रिय गानबिना अन्तर्राष्ट्रिय फुटबल खेल्नु भनेको फिफाले मंगलबार प्रतिबन्ध लगाएको हो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै