Comments Add Comment

Advertisment

SKIP THIS

पछिल्लो २४ घण्टामा १५८ जना कोरोना संक्रमित

१७ फागुन, काठमाण्डौं । नेपालमा पछिल्लो २४ घण्टामा १५८ जना कोरोना संक्रमित थपिएका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा गरेको ६ हजार ५०४ जनाको परीक्षणबाट उक्त संख्यामा संक्रमित फेला परेका हुन्।

मन्त्रालयका अनुसार ४४५८ पिसिआर परीक्षणबाट र २०४६ एन्टिजेन परीक्षणबाट संक्रमण पुष्टि भएको हो।

पछिल्लो २४ घन्टामा ३५४ जना कोरोना संक्रमित निको भएका छन्। यस्तै, सोही अवधिमा २ जना कोरोना संक्रमितले ज्यान गुमाएका छन्।

हाल देशभर ७ हजार ९७१ जना कोरोनाका सक्रिय संक्रमित रहेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment