Comments Add Comment

Advertisment

SKIP THIS

बल्खु खोलामा एकजना मृत अवस्थामा भेटिए, बाढीले बगाएको हुनसक्ने अनुमान

१६ साउन , काठमाडौ । काठमाडौंको बल्खु खोलामा एकजना मृत अवस्थामा फेला परेका छन् ।

मृत्यु हुनेमा बाँके घर भइ सुकुम्बासी वस्तीमा बस्ने ४५ वर्षीय राम सरुप महतो छन् । उपत्यका प्रहरी कार्यालय, रानीपोखरीका अनुसार बल्खु खोलामा आएको बाढीले बगाउँदा उनको मृत्यु भएको हुनसक्ने अनुमान गरिएको छ ।

बुधबार बिहान साढे ७ बजेतिर उको शव बल्खु पुल मुनि अड्किएको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।

प्रहरी वृत्त, कालिमाटीले घटनास्थलको अनुसन्धान थालेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

दुई जना मृत अवस्थामा भेटियो

Advertisment

छुटाउनुभयो कि? सबै

दुई जना मृत अवस्थामा भेटियो