Comments Add Comment

Advertisment

SKIP THIS

जिल्लाको शान्ती सुरक्षा कार्यान्वयनमा कसैसँग कुनै पनि सम्झौता नगर्ने : एसपी दयानिधी ज्ञवाली

१८ फागुन , काठमाडौं । जिल्ला प्रहरी कार्यालय बागलुङमा प्रहरी प्रमुखको रुपमा सरुवा भई आएका प्रहरी उपरीक्षक (एसपी) दयानिधी ज्ञवालीले अपराध नियन्त्रण गर्दै समाजमा शान्ति स्थापना गराउने तथा द्धन्द्ध व्यवस्थापन आफ्नो पहिलो कार्य हुने बताएका छन् ।

जिल्ला कमाण्ड समालेसगैँ शुक्रबार पत्रकार भेटघाट कार्यक्रम गर्दै एसपी ज्ञवालीले जिल्लामा शान्ति सुरक्षा कायम राख्न आफू सधैं तयार रहेको स्पष्ट पारेका छन् ।अपराधधीक गतिविधि यहाँ भइरहेको बुझेको छु उनले भने ‘तपाईहरूको साथ पाएमा अझ काम गर्न सजिलो हुन्छ।’ आफूहरूलाई थाहा नभएको कुनै घटना छ भने खबर गराइदिन उनले पत्रकारसँंग अनुरोध गरे । आफूहरू हरदम जनताको सेवाका लागि तयार भएको एसपी ज्ञवालीले बताए ।

एसपी ज्ञवालीले जिल्लाको सुरक्षाका लागि आफु हरदम प्रयत्नशिल रहने जनाउंदै सुरक्षाका सन्दर्भमा आवश्यक सूचना महत्वपूर्ण हुने हुनाले सुरक्षा सम्बन्धि सूचना तथा जानकारी उपलब्ध गराउन अनुरोध गर्दै आफुहरु सुरक्षा प्रदान गर्न प्रतिबद्ध रहेको बताए ।

ज्ञवालीले कानुनले बर्जित गरेका काम कारवाही रोक्न नागरिक र प्रहरीको उत्तीकै दायित्व रहेको बताए । सूचनाको बलियो स्रोत नागरिक नै भएको उदाहरणहरु दिँदै उनले हरेक घटनामा प्रहरी दोषीको नजिक पुग्न नागरिकको साथ चाहिने बताए ।

उनी प्रहरी संगठनमा दुरगामी र सकारात्मक प्रभाव पार्ने नयाँ नयाँ अभियानको सिर्जना गर्ने क्षमता राख्छन् । यसअघि एसपी ज्ञवाली गण्डकी प्रदेश दंगा नियन्त्रण गण बेलचौतारामा रहदाँ विभिन्न जनमत्री र प्रहरीमैत्री कार्य गरेका कारण लोकप्रिय बेनका थिए ।

डिएसपी हुदाँ चितवन रत्ननगर टाँडी रहदाँ एक टोल एक घण्टा, अवैध उत्खनन् नियन्त्रण, लागूऔषध नियन्त्रण, गुण्डागर्दी नियन्त्रण, जुवा तास नियन्त्रण, काठ तस्करी पक्राउसहित विभिन्न कामहरू गरेर स्थानीयहरूका बीच लोकप्रिय थिए । जसकारण त्यहाँ लागूऔषधसगैँ गुण्डागर्दीविरुद्ध शून्य सहनशीलताका साथ कार्यले मिटर व्याज, गुण्डागर्दी, जुवाको अखडा ठप्प बनेको प्रहरी रेर्कड छ ।

उनले अष्ट्रेलियमा जाने लागेको भनेर विवाह गरेर नाटकीय रुपमा सपिङ्ग गर्ने भन्दै भागेर हिड्ने युवालाई पनि एकसातामा प्रविधिमार्फत पक्राउ गर्न सफल भएका थिए । विभिन्न जघन्य अपराधलाई अनुसन्धान गरी टुँगोमा पुर्याउन सफल भएकै कारण उनी अपराध अनुसन्धानमा अब्बल प्रहरी अधिकृतका रुपमा स्थापित बनेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै