Comments Add Comment

Advertisment

SKIP THIS

संसद भवन अगाडि प्रेसर कुकर बम राख्ने व्यक्ति पक्राउ

१८ फागुन , काठमाडौं । संसद भवन अगाडि शकास्पद वस्तु (प्रेसर कुकर बम) राखेको आरोपमा एक जना पक्राउ परेका छन् ।

फागुन १६ गते काठमाडौँको नयाँ बानेश्वरस्थित संसद भवन अगाडि मुख्य सडकमा प्रेसर कुकर राखेर आतंकित पारेको आरोपमा काभ्रेको भुम्लो गाउँपालिका–२ सिमथलीका २१ वर्षीय सुवास महतलाई प्रहरीले पक्राउ गरेको हो ।

हाल चावहिल बस्दै आएका महतलाई सोमबार गौशालाबाट पक्राउ गरेको प्रहरीले जनाएको छ ।

उनी काभ्रेस्थित अनेरास्ववियु क्रान्तिकारी पशुपति बहुमुखी क्याम्पस कमिटीको अध्यक्षसमेत हुन् ।

प्रहरीले राउतका साथबाट मोटरसाइकल एक थान, मोबाइल ४ थान, ट्रयाक ज्याकेट एक थानसहितका सामग्री पनि बरामद् गरेको छ । उनीमाथि थप अनुसन्धान भइरहेको महानगरीय अपराध महाशाखाका प्रवक्ता कृष्णप्रसाद कोइरालाले जानकारी दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै