Comments Add Comment

Advertisment

SKIP THIS

स्यानेटरी प्याडसहित स्वास्थ्य सुरक्षा सामग्री सहयोग

२० फागुन , काठमाडौं । बाजुराको बडीमालिका नगरपालिका-२ र ४ नम्बर वडाका ८ सय किशोरी र महिलालाई स्यानेटरी प्याडसहित स्वास्थ्य सुरक्षा र सरसफाइ सामग्री सहयोग गरिएको छ ।

बडीमालिका नगरपालिकाका उपमेयर कविता विष्टका अनुसार किशोरीलाई महिनावारीका बखत स्वास्थ्य सुरक्षा अपनाउन सहज होस् भनेर स्यानेटरी र स्वास्थ्य सरसफाइका सामग्री वितरण गरिएको हो ।

बडीमालिका नगरपालिकाको समन्वय र मानवीय सेवामा अनेकौ प्रयास कैलालीको सहयोगमा नगरपालिकाका प्याड वितरण गरिएको हो ।

वडा नम्बर ८ मा बुधबार सात लाख ५० हजार बराबरको र वडा नम्बर २ मा तीन लाख बढीको प्याड, नुहाउने साबुन, ब्रस लगायका सामग्री वितरण गरिएको हो ।

बडीमालिका नगरपालिका–२ र ८ वडालाई मार्च ८ मा छाउपडी गोठमुक्त घोषणा गर्ने कार्यक्रम तय भइसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै