Comments Add Comment

Advertisment

SKIP THIS

पत्रकारिता क्षेत्र आफैँमा मर्यादित तथा विश्वसनीय हुनुपर्छ : मन्त्री थापा

२० फागुन , काठमाडौं । गण्डकी प्रदेशका कानून सञ्चार तथा प्रदेशसभा मामिलामन्त्री विन्दुकुमार थापाले प्रदेशमा ल्याउन लागिएको कानून सञ्चार क्षेत्रमैत्री हुने बताएका छन् ।

नेपाल प्रेस युनियन कास्की शाखाद्वारा आज आयोजित उत्कृष्ट सदस्य अवार्ड वितरण एवं सम्मान कार्यक्रममा सम्बद्ध पक्षसँग छलफल एवं अन्तक्रियामार्फत कानूनलाई अन्तिमरुप प्रदान गरिने छ उनले भने ।

समाजका सत्य तथ्य घटनालाई बाहिर ल्याउने पत्रकारिता क्षेत्र आफैँमा मर्यादित तथा विश्वसनीय हुनुपर्नेमा जोड दिँदै मन्त्री थापाले यस संस्थाले सञ्चालन गरिरहेको आधारभूत पत्रकारिता तालिमले दक्ष जनशक्ति बढाउन सहयोग पुग्ने विश्वास व्यक्त गरेका छन् ।

उनले विजय नेपालीलाई उत्कृष्ट सदस्य अवार्ड प्रदान गर्नाका साथै गण्डकी प्रदेश प्रमुखका प्रेस संयोजक माधव रेग्मीलाई सम्मान गरेका थिए । नेपाल प्रेस युनियनका केन्द्रीय उपाध्यक्ष रमेश पौडेलले पत्रकारिता पेशालाई जिम्मेवार र व्यावसायिक बनाउन सकेमा मात्र आम सर्वसाधारणको विश्वास यस क्षेत्रले जित्नसक्ने बताएका छन्। नेपाली कांग्रेस कास्की शाखाका कोषाध्यक्ष माइकल कर्माचार्यले समाचार सत्यतथ्यमा आधारित हुनुपर्नेमा जोड दिए

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै