Comments Add Comment

Advertisment

SKIP THIS

काठमाडौं प्रहरीले मोटरसाईकल चोरीमा संलग्न पाँच जना पक्राउ 

२७ फागुन , काठमाडौ । काठमाडौँको विभिन्न स्थानबाट मोटरसाइकल चोरी गरेको आरोपमा प्रहरीले पाँच जनालाई पक्राउ गरेको छ ।

काठमाण्डौंको बिभिन्न स्थानबाट मोटरसाइकल चोरी हुने गुनासो धेरै बढेपछि महानगरीय प्रहरी परिसर काठमाडौंले ‘Operation Bike Hunt’ सञ्‍चालन गरिएको प्रवक्ता एसपी दिनेश राज मैनालीले बताएका छन् ।

महानगरीय प्रहरी प्रभाग कोटेश्‍वरबाट खटिएको प्रहरी टोलीद्वारा चेकजाँच गर्ने क्रममा १ वटा मोटरसाइकलसहित चोरीमा संलग्न ब्यक्तिलाई नियन्त्रणमा लिई अनुसन्धानको क्रममा थप २ वटा मोटरसाइकलसमेत बरामद गरी ३ वटा मोटरसाइकल चोरीमा मुद्दा चलाइएको एसपी मैनाली बताए । साथै उक्त इउभचबतष्यल लाई निरन्तरता दिने क्रममा काठमाण्डौं महानगरपालीका वडा नं।६ बौद्ध तथा गोकर्णेश्‍वर नगरपालीकाको बिभिन्न स्थानबाट चोरी कार्यमा संलग्न गिरोहका ब्यक्तिहरुले सोही इलाका र अन्य इलाकामा समेत चोरीका मोटरसाइकल बिक्री बितरणसमेत गर्दै आई रहेको भन्ने बिशेष सूचनाको आधारमा महानगरीय प्रहरी बृत्त बौद्धबाट खटिएको प्रहरी टोलीद्वारा अनुसन्धान गर्दै जाँदा काठमाण्डौं जिल्ला गोकर्णेश्‍वर नगरपालीका वडा नं।५ बाहुनधाराबाट निम्न ब्यक्तिहरुलाई चोरीका मोटरसाइकल र साइकलसहित प्रहरीले पक्राउ गरेको थियो ।

पक्राउ पर्नेहरुमा सिन्धुपाल्चोक जिल्ला घर भइ हाल काठमाण्डौं जिल्ला गोकर्णेश्वर नगरपालिका बाहुनधारा बस्ने बर्ष २० सुरेश श्रेष्ठ । सोही स्थानका सुरज श्रेष्ठ । सखुवासभा पाचखबन ३ घर भइ हाल काठमाण्डौं जिल्ला गोकर्णेश्‍वर बाहुनधारा बस्ने बर्ष २४ को योग राज लिम्बु ।झापाको बुद्दशान्ति गाउँपालिका ६ घर भइ हाल काठमाण्डौं जिल्ला जोरपाटी बस्ने बर्ष २० को दिपेश मगर,सुर्खेत मेलकुनादचोर-९ घर भइ हाल काठमाण्डौं जिल्ला गोकर्णेश्‍वर ८ माकलबारी बस्ने बर्ष २४ को विशाल रानालाई काठमाडौंको विभिन्न स्थानबाट प्रहरीले पक्राउ गरि उनिहरूलाई मुलुकी अपराध संहिता, २०७४ को परिच्छेद २० को दफा २४१ अनुसार चोरी सम्बन्धी कसूरमा सम्मानीत काठमाण्डौ जिल्ला अदालत काठमाण्डौबाट सात दिनको म्याद थपि महानगरीय प्रहरी बृत्त बौद्धबाट थप अनुसन्धान भई रहेको काठमाडौं परिसरका एसपी मैनालीले बताएका छन् ।

साथै महानगरीय प्रहरी परिसर काठमाडौंले मोटरसाइकल धनिहरूलाई अनुरोध गर्दै मोटरसाइकल र साइकल धनिहरुलाई आवश्यक कागजातसहित महानगरीय प्रहरी बृत्त बौद्धमा सम्पर्क राख्न हुनको लागि अनुरोध गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment