फाल्गुन २७ काठमाडौ । मोरङको केरावारी गाँउपालिका-७ मुगुटोलबाट ठुलो परिणामको लागुऔषध गाँजा सहित १ जनालाई प्रहरीले पक्राउ गरेको छ । हिजो दिउँसो पौने ४ बजेको समयमा केरावारीको भित्री सडक खण्डमा पश्चिमबाट पुर्व तर्फ जाँदै गरेको को २३ प ३८६१ नम्बरको मोटरसाईकललाई चेकजाँच गर्ने क्रममा मोटरसाईकलको पछाडी बाधेर राखिएको जेब्रा झोलामा बाधेर राखेको अवस्थामा ६५ केजी गाँजा बरामद भएको थियो । गाँजा बरामद भएसंगै उक्त मोटरसाईकल चालक सहिदभुमी गाँउपालिका-१ का ३१ बर्षीय दिपेश राईलाई समेत नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको ईलाका प्रहरी बेलवारीले जनाएको छ ।
ठुलो परिणामको लागुऔषध गाँजा सहित १ जना पक्राउ
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ट्रेन्डिङ
३
मृतक र बेपत्ता सशस्त्र प्रहरीका परिवारजनसँग महानिरीक्षक पौडेलको भेट
२०८३ भाद्र १८ गते , बिहिबार
४
रसुवा बाढी अपडेट : १ हजार २५२ शव फेला
२०८३ भाद्र १८ गते , बिहिबार
५
कोही चाडपर्वमा रमाइरहेका छन्, कोही बाढीमा परिवार खोज्दैछन्—पीडितको यो अवस्था देख्दा जोकोहीको मन रुन्छ
२०८३ भाद्र १३ गते , शनिबार
६
टिमुरे बाढीमा भागेर ज्यान जोगाउने सञ्जीव र तारा भन्छन्, ‘टिमुरे बजारमा अपूरणीय क्षति’
२०८३ भाद्र १० गते , बुधबार
सम्बन्धित खवर
Advertisment




