भिलेनसँग लड्दालड्दै नेकपा विभाजित हुन पुग्यो-प्रचण्ड -
Comments Add Comment

भिलेनसँग लड्दालड्दै नेकपा विभाजित हुन पुग्यो-प्रचण्ड

३० फागुन , काठमाडौ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमालेसँग पार्टी एकता गरेर नेकपा गठन गर्नु गलत नरहेको प्रस्टीकरण दिएका छन् ।

धनगढीमा सोमबार प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले एमालेसँग पार्टी एकता गरेर नेकपा गठन गर्नु गलत नरहेको भए पनि ‘भिलेन’ फेला पर्दा विभाजित हुनुपरेको बताए ।

गठबन्धन गरेर पार्टी एकता गरौँ । पार्टी एकता गर्नु गलत थिएन’, प्रचण्डले भने, ‘तर, भिलेन फेला पर्‍यो । भिलेनसँग लड्दालड्दै विभाजित हुनुपर्‍यो ।’

एमालेसँग पार्टी एकता गरेर नेकपा गठन भएपछि षड्यन्त्र भएको आरोप लगाएका उनले माओवादीबाट आएका नेताहरूमाथि विभिन्न आरोप लगाएको बताए ।

‘पार्टी एकता गरेपछि हामीमाथि षड्यन्त्र हुनथाल्यो । माओवादीबाट आएका नेतालाई आरोपित गरियो,’ प्रशिक्षण कार्यक्रममा प्रचण्डले भने ।

अध्यक्ष प्रचण्डले माओवादी संसद् विघटन तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली एक्लैले नभई विदेशी शक्ति र न्यायालय पनि जोडिएर भएको बताए।

उनले भने संसद् विघटन एउटा ठूलो सेटिङ थियो । उनले माओवादी जनयुद्धको बलमा प्राप्त संघीय समानुपातिक उपलब्धिलाई उल्ट्याउने सेटिङ अन्तर्गतको उक्त षड्यन्त्र भएको र सो सङ्घर्षमा केपी ओली एउटा माध्यम भएको बताए।

उनले थपे “अघिल्लो निर्वाचनमा कांग्रेस, माओवादी केन्द्र र मधेसका दलहरूले तपाईँहरू पार्टी एकता नगर्नुस्, ५ वर्ष प्रधानमन्त्री खानुस् भनेर भन्दा मैले नैतिक दृष्टिले त्यो कुरा सम्भव नभएको भन्दै अस्वीकार गरेको हो । तर चार वर्ष पुग्दा नपुग्दै केपी ओलीको खलनायक भूमिका र विदेशी शक्तिसामु सम्पूर्ण आत्मसमर्पण गरेपछि हामीले प्रतिगमनविरुद्ध केही समय मिल्ने अवस्था देखिएपछि हामीले जसरी पनि बहुमत बनाउँछौं, तपाई सरकार बनाउनुस् भनेर अनुरोध गर्यौँ । यसमा पनि माओवादी केन्द्रको प्रमुख भूमिका थियो ।“

नेपालको राजनीतीलाई यहाँसम्म ल्याउन माओवादी केन्द्र र यसको नेतृत्वले कसरी भूमिका खेल्दै आयो भन्ने कुरा सूक्ष्मरूपमा बुझ्न भन्दै प्रचण्डले पार्टीकै प्रयासले केपी ओली बालुवाटारबाट बालकोटमा पुगेको र सातवटै प्रदेशका मुख्यमन्त्री घर फर्काएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै