Comments Add Comment

Advertisment

SKIP THIS

ललितपुरको गोदावरी नगरपालिकामा गठबन्धन अगाडि

३१ बैशाख , काठमाडौं । ललितपुरको गोदावरी नगरपालिकामा पनि माओवादी कांग्रेसको गठबन्धन अघि देखिएको छ ।

गोदावरी नगरपालिकाकी निर्वाचन अधिकृत श्रद्धा रिजालका अनुसार गठबन्धनकातर्फबाट मेयरका उम्मेदवार गजेन्द्र महर्जनले ६ सय २५ मत ल्याएका छन् भने उपमेयरकी उम्मेदवार मुनाअधिकारीले ६ सय २६ मत प्राप्त गरेकी छिन् ।

एमालेका उम्मेदवार गम्भीर रानाले ४ सय ५३ मत पाएका छन् भने उपमेयरकी उम्मेदवार रमि प्रधानांगले ४ सय ५२ मत पाएकी छन् ।

एमालेका वडाध्यक्ष उम्मेदवारले भने ४ सय ५३ मत पाएका छन् । गोदावरी नगरको १ नम्बर वडा गोदामचौरबाट मतगणना सुरु भएको अधिकृत रिजालले बताइन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै