Comments Add Comment

Advertisment

SKIP THIS

मोटरसाइकल दुर्घटनामा चालकको मृत्यु

१२ बैशाख , काठमाडौं । सिरहाको धनगढीई नगरपालिका–७ मा सोमबार बिहान मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा मोटरसाइकल चालक स्थानीय १५ वर्षीय हरि नारायण महतो रहेका छन् । दुर्घटनामा गम्भीर घाइते भएका उनको उपचारका लागि अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

आज बिहान सवा १० बजे अनटेष्ट मोटरसाइकल अनियन्त्रित भइ पल्टिएको इलाका प्रहरी कार्यालय धनगढी सिराहाले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment