Comments Add Comment

Advertisment

SKIP THIS

विदेश पठाइदिन्छु भन्दै ठगी गर्ने मुना कार्की र शेर तामाङलाई प्रहरीले पक्राउ

काठमाडौँ । विदेश पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा सोलुखुम्बुको लिखुपिके गाउँपालिका १ घर भई हाल काठमाडौँमा बस्दै आएका ४६ वर्षीय शेर बहादुर तामाङ र झापाको दमक नगरपालिका १० घर भई हाल काठमाडौँ बस्दै आएकी ४५ मुना देवी कार्की रहेकी छन् ।

कार्कीले उमेश श्रेष्ठलाई वैदेशिक रोजगारीका लागि दुबई पठाइदिन्छु भन्दै चार लाख ५० हजार रुपैयाँ ठगी गरेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार तामाङले खुम बहादुर रानालाई वैदेशिक रोजगारीका लागि कम्बोडिया पठाइदिन्छु भनी पाँच लाख रुपैयाँ ठगी गरेको पाइएको छ ।

उनीहरु दुवै जनालाई पक्राउ गरी थप अनुसन्धान र कारबाहीका लागि वैदेशिक रोजगार विभाग पठाइएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै