१ चैत , काठमाडौ । एसएसपी उमेश राज जोशीद्वारा प्रदुषणबाट उत्पन्न स्वास्थ्य समस्या न्यूनीकरण कार्यक्रम समापन भएको छ ।

काठमाडौं जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र र ट्राफिक प्रहरी महाशाखाको संयुक्त आयोजनामा आज महानगरीय ट्राफिक प्रहरी महाशाखाको सभाकक्षमा “प्रदुषणबाट उत्पन्न स्वास्थ्य समस्या न्यूनीकरण (नश्यकर्म)” ३ दिने प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ ।

कार्यक्रममा ट्राफिक महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक उमेश राज जोशीको प्रमुख आतिथ्यतामा सि प्र अ , जु प्र अ, प्रशिक्षक तथा प्रशिक्षार्थीहरुको उपस्थिति सहित एक समारोहका विच समापन भएको छ ।



