जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका कार्यालय प्रमुख प्रहरी उपरीक्षक चक्रराज जोशीको प्रमुख आतिथ्यतामा रङै रङको पर्व होली अर्थात फागु पुर्णिमा २०७८ को शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न भएको छ ।

भक्तिले पापमाथी विजय प्राप्त गरेको आजको दिन रङै रङको पर्व होली अर्थात फागु पुर्णिमा २०७८ को शुभकामना आदान प्रदान गरी प्रहरी कर्मचारीहरुसंग चियापान (Tea With Team-TWT) कार्यक्रम समेत जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकमा आयोजना भएको थियो ।
उक्त कार्यक्रममा प्रहरी उपरीक्षक चक्रराज जोशीबाट काभ्रेपलाञ्चोक जिल्लामा कार्यरत सिनियर प्रहरी अधिकृत,जुनियर प्रहरी अधिकृत ,प्रहरी हवल्दार तथा जवानहरुको पेशागत, व्यक्तिगत र पारिवारिक जिवनको सफलताको शुभकामना आदन प्रदान गर्नु भई उपस्थित सम्पूर्ण प्रहरी कर्मचारीहरु र काभ्रेको प्रहरी कार्यालयको हिरासत कक्षमा बिभिन्न कसूरमा अनुसन्धानको शिलसिलामा थुनामा रहेका थुनुवाहरुलाई समेत अबिरको टिका लगाई होली पर्व २०७८ को शुभकामना आदान प्रदान गर्नु भएको थियो र सोही अवसरमा “सहकर्मीसाथ चियापान (Tea With Team-TWT) अवधारणा” अनुसार कार्यरत प्रहरी कर्मचारीहरुसँग भेटघाट तथा प्रहरीको काम कारवाहीमा भोग्नु परेको अनुभव आदान प्रदान गर्नुको साथै प्रहरी कर्मचारीहरुको हौसला अभिबृद्धी गर्ने उद्देश्यका साथ उक्त आयोजित कार्यक्रम माझ सहकर्मी प्रहरी कर्मचारीहरुसंग अन्तकृया गरी चियापान कार्यक्रम सम्पन्न ।


