काठमाडौंको नागढुङ्गाबाट प्रतिबन्धित लागूऔषध सहित प्रहरीले दुई जनालाई पक्राउ गरेको महानगरीय प्रहरी परिसर काठमाडौंका एसपी दिनेशराज मैनालीले बताए ।
एसपी मैनालीका अनुसार महानगरीय प्रहरी बृत्त थानकोटबाट खटिएका प्रहरी टोलीद्वारा सवारी साधनहरुको नियमित चेकजाँच गर्ने क्रममा प्रतिबन्धित लागू औषधि सहित नवलपरासी जिल्ला सुस्ता गाउँ पालिका वडा नं. ५ बस्ने बर्ष १८ को रबि सारु मगर र सोही जिल्लामा बस्ने बर्ष १८ को अजय गुप्तालाई पक्राउ गरेको बताए ।
काठमाण्डौ चन्द्रागिरी नगरपालीका वडा नं. २ स्थित नागढुङ्गा चेक प्वाइन्टमा ड्यूटीमा खटिएको प्रहरी टोलीद्वारा सवारी साधनहरुको नियमित चेकजाँच गर्ने क्रममा नवलपरासीबाट काठमाण्डौ आउँदै गरेको लु. १ ख ८२६३ नं. को यात्रु बाहक बसमा सवार भई आएका उनिहरूले ल्याएको भुजाको बोराभित्र लुकाई छिपाइ ल्याएको प्रतिबन्धित लागू औषधि ट्रामाडोल १६०० (सोह्र सय) ट्याबलेट सहित प्रहरीले नियन्त्रणमा लिइएको ।
पक्राउ परेका २ जनालाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि औषधि ब्यवस्था बिभाग बवरमहलमा पठाइएको छ ।


