Comments Add Comment

Advertisment

SKIP THIS

लेटाङमा स्थानीय-प्रहरी झडप : महिला प्रहरीको मृत्यु : सात बजेदेखि कर्फ्यु

७ चैत , काठमाडौ । जिल्लाको उत्तर पूर्वी पालिका लेटाङ नगरपालिकामा जिल्ला प्रशासन कार्यालयले आज बिहान ७ बजेदेखि कर्फ्यु लगाएको छ ।

प्रमुख जिल्ला अधिकारी काशिराज दाहालद्वारा जारी कर्फ्यु आदेशमा लेटाङ वडा नं ३ र ४ को गंगे चोकदेखि मिलन चोक, वडा नं ६ को वडा कार्यालयसम्म र पूर्व पश्चिम चिसाङ खोलादेखि मोरङे खोलासम्म कर्फ्यु जारी गरिएको हो । लेटाङ(५ स्थित शिक्षा विकास माविका ५६ वर्षीय शिक्षक मनोज पौडेलले १३ वर्षीया विद्यार्थीमाथि जबर्जस्ती यौन दुव्र्यवहार गर्ने प्रयास गरेको आरोपमा हिजो परिस्थिति असामान्य भएपछि प्रशासनले अर्को आदेश नभएसम्मका लागि कर्फ्यु लगाएको हो ।

हिजो स्थानीय र प्रहरीबीच झडपसमेत भएको थियो । हिंसा भड्किँदा एक महिला प्रहरीको मृत्यु भएको छ । सर्वपक्षीय छलफलमा आक्रोशित भीडको आक्रमणमा परेर महिला प्रहरी उर्मिला श्रेष्ठको घटनास्थलमा मृत्यु भएको थियो । भीडले उनको घाँटी र छातीमा छुरा प्रहार गरेको थियो । घटनामा प्रहरी, स्थानीयबासीसहित करिब २८ जना घाइते भएका प्रजिअ दाहालले बताए । हिजो बिहान १० बजेदेखि तनावग्रस्त विद्यालय परिसर राति पौने ९ बजे नियन्त्रणमा आएको थियो ।

प्रहरी सुरक्षा बढाएर अश्रुुग्यास प्रहार गरी भीड नियन्त्रण गर्दै प्रहरीले बलात्कारको आरोप लागेका शिक्षक मनोज पौडेललाई विद्यालयबाट प्रहरी कार्यालय लगेको छ । पौडेललाई घटनास्थलबाट प्रहरी कार्यालय ल्याउँदासमेत स्थानीयले लखेटी(लखेटी प्रहरीमाथि ढुङ्गा मुढा र घरेलु हतियार प्रहार गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै