Comments Add Comment

Advertisment

SKIP THIS

१६ हजार रुसी सैनिक मारिएको युक्रेनी सेनाको दाबी

१२ चैत , काठमाडौं । १६ हजार भन्दा धेरै आक्रमणकारी रुसी सैनिक मारिएको युक्रेनले दाबी गरेको छ । युक्रेनी सेनाले फेसबुकमार्फत् जानकारी दिँदै एक महिनायता जारी आक्रमणका क्रममा १६ हजार ४ सय रुसी सैनिक मारिएको दाबी गरेको हो ।

युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले पनि आफ्नो नियमित भिडियो सन्देशका क्रममा १६ हजार रुसी सैनिक मारिएको जानकारी दिएका थिए ।

त्यस्तै, युक्रेनी सेनाले रुसी फौजको ५७५ ट्यांक, १६४० बख्तरबन्द गाडी, २९३ आर्टिलरी पिस, ९१ मल्टिपल लन्च रकेट सिस्टम (एमएलआरएस), ५१ विमान भेदी प्रणाली, ११७ लडाकु विमान ध्वस्त पारेको दाबी गरेको छ ।

त्यसैगरी रुसी फौजका १२७ हेलिकोप्टर, ५६ चालकरहित हवाई उपकरण (ड्रोन), ११ सय ३१ सैनिक वाहन ७३ इन्धन ट्यांकर पनि ध्वस्त पारेको युक्रेनी सेनाको दाबी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै