Comments Add Comment

Advertisment

SKIP THIS

आज दिनभरिको मौसम

८ चैत , काठमाडौ । अहिले देशमा पश्चिमी न्यून चापिय प्रणालीको प्रभाव सामान्य रहेको छ ।

जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार प्रदेश नं १ सहित देशका पहाडी भू–भागमा सामान्य बदली र अन्य ठाउँको मौसम बिहान सामान्यतयाः सफा रहेको छ । त्यस्तै दिउँसो देशको पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही अरु स्थानमा मौसम सामान्यतयाः सफा रहने महाशाखाले जनाएको छ । प्रदेश नं १ को पहाडी भू–भागका केही स्थानहरुमा मेघगर्जनरचट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको उल्लेख गरिएको छ ।

यसैगरी देशको पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली र अन्य ठाउँको मौसम राति सामान्यतयाः सफा रहने महाशाखाको अनुमान छ । प्रदेश नं १ को पहाडी भू–भागका एक वा दुई स्थानमा मेघगर्जनरचट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको बताइएको छ । यसैबीच, देशभरको तापक्रम बढ्ने क्रममा रहेकाले गर्मीबाट हुनसक्ने सम्भावित असरबाट जोगिन आवश्यक सतर्कता अपनाउन पनि महाशाखाको अनुरोध छ ।

यस्तै पहाडी भू–भागको एक वा दुई स्थानमा मेघगर्जनरचट्याङ्गको सम्भावना रहेको हुँदा महाशाखाले आवश्यक सतर्कता अपनाउनसमेत अनुरोध गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

डलरको लोभ देखाएर ठगी गर्ने प्रहरी फन्दामा

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै