१० चैत , काठमाडौं । “स्वास्थ्यकोलाणि खेलकुद, खेलकुदकोलागी स्वास्थ्य” भन्ने नाराका साथ इटहरीमा एक दने क्रिकेट व्याटल २०२२ प्रतियोगिता आयोजना हुने भएको छ । मारवाडी युवा मंच इटहरीद्वारा इटहरी स्थित ग्लोबल डिभीएम स्कुलको खेल मैदानमा चैत्र १२ गते शनिबारका दिन उक्त प्रतियोगिता आयोजना हुने भएको हो । बिराटनगरबाट २, दुहबी २, बितीमोड १, धरान १ तथा इटहरीबाट २ टिमको सहभागिता रहने मारवाडी युवा मंच इटहरीले जनाएको छ ।
खेलको माध्यमबाट समाज सेवा गर्ने उधेश्यका साथ आयोजना गरिएको, यस प्रतियोगिताको माध्यमबाट इटहरी उपमहानगरपालिका दुर्गम क्षेत्रमाका सरकारी स्कुलमा निशुल्क सेनेटरी प्याड वितरण गर्ने उधेश्यका साथ चेरिटी वितरण गर्ने कार्यक्रम संयोजक निशान्त खेडियाले बताए ।
प्रतियोगिताको मुख्य प्रायोजकमा आरती स्ट्रिप्स, विशेष प्रायोजक अम्बानी होम सोलुशन (गर्ग इन्टरप्राइजेज), सह प्रायोजक मङ्गलम पाइप्स क्लासिक मोटर्स, ग्रीन पलाई, डेल्टा टायर, रेड ब्लु इनरजी ड्रिंक तथा रिलाईयबल बदाम ड्रिंक रहेका छन् प्रतियोगितामा प्रवेश निस्शुल्क रहेको र गोला प्रथाद्वारा एक जना भाग्यशाली दर्शकले पाँचहजार रूपैया प्रप्त गर्ने आयोजित पत्रकार सम्बेलनका क्रममा जानकारी दिइयो ।






