Comments Add Comment

Advertisment

SKIP THIS

दाङ एक होटलबाट ३ जना युवाहरु ब्राउन सुगरसहित पक्राउ

घोराहीमा अदालत नजिकैको एक रेष्टरेण्टबाट तीन युवा ब्राउन सुगरसहित पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा घोराही उपमहानगरपालिका वडा नं. १५ का २८ बर्षीय बिक्रम चौधरी, घोराही– १७ का २५ बर्षीय सुनिल बिक र घोराही – १४ का २७ बर्षीय २१ बर्षीय सुशील एरी रहेका छन् ।
गोप्य सूचनाको आधारमा पुगेको प्रहरीले रेष्टुरेण्टको क्याबनमा शंकाष्पद अवस्थामा बसिरहेका बिक्रम चौधरीको साथबाट उक्त परिमानमा ब्राउन सुगर बरामद भएको प्रहरी प्रबक्ता रिजालले जानकारी दिए ।
चौधरीको साथबाट १ ग्राम ५१० मिलिग्राम ब्राउन सुगर बरामद भएको जिल्ला प्रहरी प्रबक्ता डिएसपी मुकुन्दप्रशाद रिजालले जानकारी दिएका छन् ।
उनीहरुलाई बुधबार बेलुका ६ बजेतिर जिल्ला अदालत नजिकै रहेको पार्वती रेष्टुरेण्ट नास्ता पसलबाट नियन्त्रणमा लिइएको प्रहरीले बताएको छ ।

बिक्रमले लगाएको पाइन्टको गोजीबाट १६ पुडिया ब्राउन सुगर बरामद भएको र आवश्यक कानुनी कारबाहीको प्रक्रिया थालिएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै