५ पुष , काठमाडौं । जिल्लाको जितपुर सिमरा उपमहानगरपालिका १ स्थित पथलैयाबाट आइतबार राती सशस्त्र प्रहरीले बिलविजक भन्दाबढि सामान बोकेको एउटा ट्रक नियन्त्रणमा लिएको छ ।
विशेष सुचनाको आधारमा सशस्त्र प्रहरी बल नेपाल बिओपी वीरगंजले विरगंजबाट पथलैयातर्फ आउँदै गरेको ना ४ ख ८३३४ नम्बरको ट्रकलाई नियन्त्रणमा लिएको हो ।
बिलविजक भन्दाबढि औषधी र अन्य सामान बोकेको ट्रकमा करीब ७८ प्रकारका सामाग्री रहेका छन् ।
रुपैयाँ कायम गरी आवश्यक कारवाही तथा अनुसन्धानको लागि राजश्व अनुसन्धान कार्यालय पथलैया बारामा बुझाइएको सशस्त्र प्रहरीले जनाएको छ ।


