Comments Add Comment

Advertisment

SKIP THIS

अप्रिलमा विवाह गर्दै रनबीर-आलिया

१२ चैत , काठमाडौं । रनबीर कपूर र आलिया भट्टबीचको प्रेम सम्बन्धका बारेमा अब लुकेको केही छैन । यी दुईले आफ्नो प्रेमलाई सार्वजनिक रुपमै स्वीकार गरिसकेका छन्।

आलियाले रणवीरसँग २०१९ मा विवाह गर्ने खुलासा गरेकी थिइन् तर त्यति बेला रनबीरका पिता ऋषि कपूरको स्वास्थ्य बिग्रिएको भन्दै टारिएको थियो। कोरोना महामारीमै अभिनेता ऋषि कपूरको निधनले विवाहको मिति सरेको थियो ।

अब आगामी अप्रिलमा विवाह गर्ने चर्चा बि–टाउनमा बढ्दो छ । इन्डिया टुडेले एक रिपोर्टमा रनबीर र आलियाको विवाहको तयारी चलिरहेको उल्लेख गरेको छ । रनबीरकी आमा नीतु कपूर डिजाइनर मनिष मलहोत्राको स्टोरमा स्पट भएपछि चर्चा झनै चुलिएको हो । नीतुकै घरमा पनि मनिष पुगेका थिए । रनबीर र आलियाले विवाहको बारेमा नखोले पनि भारतीय मिडियामा भने विवाहको चर्चा बढ्दो छ ।

यी दुईको प्रेमको सुरुवात भएको आयान मुखर्जी निर्देशित फिल्म ‘ब्रह्मास्त्र’ को केहि छायांकन अझै भइरहेको छ । यसमा पहिलोपटक स्क्रिन सेयर गर्ने क्रममा रनबीर र आलिया नजिकिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै