Comments Add Comment

Advertisment

SKIP THIS

नर्सिङ लाइसेन्स परीक्षामा ४५ प्रतिशत अनुत्तीर्ण , ८ जना अनुपस्थित

१३ चैत , काठमाडौं । नेपाल नर्सिङ काउन्सिलले नर्सिङतर्फको २९औं मिडवाइफरीतर्फको छैटौं नाम दर्ता परीक्षाको नतिजा प्रकाशित गरेको छ ।

काउन्सिलले शनिबार लिएको परीक्षामा नर्सिङतर्फका ४५ प्रतिशत अनुत्तीर्ण भएका छन् । नर्सिङ तर्फको लाइसेन्स परीक्षामा एक हजार ४८३ जनाले फारम भरेका थिए।

तीमध्ये ८ जना अनुपस्थित भएका थिए । परीक्षामा सहभागी भएका एक हजार ४७१ जनामध्ये ८०७ जना अर्थात ५४.८६ प्रतिशत उत्तीर्ण भएका छन् । यसैगरी, मिडवाइफ्रीतर्फ भने तीन जना सहभागी भएकामा सबै उत्तीर्ण भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै