Comments Add Comment

Advertisment

SKIP THIS

रोमानिया पठाइदिन्छु भन्दै २१ लाख ठगी गर्ने दोलखा मेलुङका ढालबहादुरलाई प्रहरीले पक्राउ

काठमाडौं । प्रहरीले रोमानिया पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा दोलखा मेलुङ गाउँपालिका–२ का ५० वर्षीय ढालबहादुर बुढाथोकी छन् ।

उनलाई उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले बुधबार पक्राउ गरेको हो ।

प्रहरीका अनुसार बुढाथोकीसहितको समूहले १४ जनाबाट रोमानिया पठाइदिन्छु भन्दै २१ लाख ३६ हजार रुपैयाँ ठगी गरेको खुलेको छ ।

उनीहरूले वैदेशिक रोजगारीका लागि रोमानिया पठाएर फुड प्याकिङमा मासिक एक लाख रुपैयाँ तलबमा काम लगाइदिन्छु भन्दै प्रलोभनमा पारी ठगी गरेको पाइएको छ ।

पक्राउ गरिएको बुढाथोकीलाई तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै