Comments Add Comment

Advertisment

SKIP THIS

‘सुरक्षित उपत्यका, हाम्रो प्रतिवद्धता’ उपत्यका प्रहरी प्रमुख एआईजी दिपक थापा

काठमाडौं : एआईजी दिपक थापाले आधुनिक समयमा घटने अपराधका घटनाहरूलाई न्यूनीकरण गर्न सामुदाय स्तरमा नै जनचेतना अभिवृद्धि गर्दै ‘सुरक्षित उपत्यका, हाम्रो प्रतिवद्धता’ अभियान अन्तर्गत: काठमाण्डौ उपत्यका प्रहरी कार्यालय र मातहत परिसरहरुबाट प्रविधिको यथोचित प्रयोग गरी प्रभावकारी तवरले प्रहरी परिचालन गराई समग्रमा सुरक्षा प्रदान गरिने बताएका छन् ।

सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा केन्द्र, बाँसवारी काठमाण्डौको आयोजनामा काठमाण्डौ उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रमुख एआईजी दिपक थापाको प्रमुख आतिथ्यतामा स्वागत एवं शान्ति सुरक्षा सम्बन्धी छलफल तथा अन्तर्क्रिया कार्यक्रम काठमाण्डौ महानगरपालिका वडा नं.३ बाँसवारीमा सुरू भएको थियो ।

एआईजी थापाले समाज तथा राष्ट्रमा शान्ति नभई विकास सम्भब नभएकाले नागरिक र प्रहरीको सुदृढ सम्बन्धले मात्र समाज सुरक्षित र सम्वृद्ध हुने बताउनु भयो ।

साथै शान्तिपूर्ण एवं सुरक्षित समाजका लागि समुदायिक-प्रहरी साझेदारीको अवधारणा बमोजिम सामुदायिक प्रहरीसँग हातेमालो गर्दै आफुले पाएको सूचनालाई प्रहरी समक्ष दिनुहुन अनुरोध गर्नुहुदै नागरिकका सुझाव तथा सूचनाहरू गोप्य हुने प्रतिवद्धता व्यक्त गर्दै सबै प्रकारका सामान्य तथा गम्भिर प्रकृतिका घटनालाई समेत प्रहरी सामु ल्याई अपराध नियन्त्रण र अनुसन्धान कार्यमा सकृय हुदै ‘पीडितलाई न्याय र पीडकलाई सजाय’ दिलाउने पुनित कार्यमा हातेमालो गर्न अनुरोध समेत गर्नु भयो ।

उक्त कार्यक्रममा पूर्व प्रहरी कर्मचारीहरू, जिल्ला प्रहरी परिसर, काठमाण्डौका प्रहरी वरिष्ठ उपरीक्षक भुपेन्द्र बहादुर खत्री, प्रहरी वृत महाराजगंजका प्रमुख प्रहरी नायव उपरीक्षक अमर बहादुर थापा क्षेत्री, स्थानीय जनप्रतिनिधिहरू, सामुदायिक सेवा केन्द्रका पदाधिकारीहरू र स्थानीय भद्र भलादमीहरूको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै