ईश्वर दुलाल २० चैत , काठमाडौं । सरकारले गत विहीबार नेपाल प्रहरीका तीनजना नायब महानिरीक्षक (डीआईजी) हरुलाई अतिरिक्त महानिरीक्षक (एआईजी) मा बढुवा गर्यो । बढुवा हुनेहरु डीआईजी वषन्तकुमार पन्त, धिरजप्रताप सिंह र रविन्द्रबहादुर धानुक हुन् ।

नेपाल प्रहरी भित्र चर्चित नाम हाे धिरजप्रताप सिंह । प्रहरीले संचालन गर्ने अप्रेसनहरुमा सिंह अब्बल’ प्रहरी अधिकारीकाे रुपमा परिचित छन् । अब्बल प्रहरीका सुप्रबल अधिकृत २०४९ साल चैत्र ११ गते प्रहरी संगठनमा प्रवेश गरेका सिंह कार्यकुसलताका हिसावले अब्बल प्रहरी अधिकृत हुन ।
उक्त बढुवा सँगै भावि नेपाल प्रहरीको नेतृत्वको लागि सिंहकाे नाम पनि निकै चर्चामा आएको छ । बढुवा भएकाहरु मध्ये धिरज प्रताप सिंह र धानुक नेपाल प्रहरीकाे प्रमुखको लागि मुख्य दाबेदार हुनेछन् । बढुवा भएका पन्त भने बैशाख १८ मा अवकाश प्राप्त हुनेछन् ।नेपाल प्रहरीमा तीनजना एआईजीको बढुवा भएसँगै भावी प्रहरी महानिरीक्षक (आईजीपी)का लागि चारजनाबीच प्रतिस्पर्धा हुने भएको छ । एआईजीहरू विश्वराज पोखरेल, सहकुल थापा, धीरजप्रताप सिंह र रवीन्द्र धानुकबीच प्रतिस्पर्धा हुने भएको हो ।
एआईजीमा बढुवा भएका धीरजप्रताप सिंह नेपाल प्रहरीका एक अब्बल र निस्कलंकित प्रहरी अधिकारी हुन । कानुन कार्यन्वयन, विधिको शासन र प्रहरी संगठनकाे निर्देशनमा अगाडि बढ्ने धीरजप्रताप सिंह बढ्ता प्रचारप्रसारमा रुचि राख्दैनन् । नेपाल प्रहरीमा आफ्नाे छुट्टै पहिचान बनाउन सफल प्रहरी अधिकृत रूपमा चिनिने सिंहले विभिन्न जिल्लामा प्रहरी प्रमुखको जिम्मेवारी लिएर काम गरिसेका एआईजी सिंहको केन्द्रिय अनुसन्धान ब्यूरो (सीआईबी) मा पदस्थापन गरिएको छ । सिंह यसअघि पनि सीआईबीमा कार्यरत थिए ।
को हुन् प्रहरी एआईजीमा बढुवा भएका सिंह ?
प्रहरी नायब उपरीक्षक ( डिएसपी ) हुँदा काठमाडौं प्रहरी परिसरमा काम गरेका सिंह काठमाडौंको सुरक्षा चुनौतिबारे जानकार प्रहरी अधिकृत हुन् । जिल्ला प्रहरी कार्यालय, पर्साको प्रमुख हुँदा सहायक प्रमुख जिल्ला अधिकारी बलबहादुर मल्ललाई गोली प्रहार गर्ने सुटर रुपेश गिरीलाई समेत उनले पक्राउ गरेका थिए । पर्सामा प्रहरी प्रमुख भएका वेला उनले तस्करी नियन्त्रणमा उल्लेखनीय भूमिका खेलेका थिए ।
पछिल्ला पटक दाङका व्यवसायी राजकुमार श्रेष्ठ हत्याको प्रमुख अभियुक्तलाई पक्राउ गरेको श्रेय पनि उनैलाई जान्छ ।
पर्सा र दाङका प्रहरी प्रमुखका रुपमा कार्यरत रहँदा धेरै अभियानहरु सञ्चालनमा ल्याए । ती मध्ये आधा दर्जन अभियान अपराध नियन्त्रण एवं अनुसन्धानका सवालमा विशेष र महत्वपूर्ण रहे । संगठन भित्र कुनै पनि विवादमा नपरिकन निस्कलंक प्रहरी अधिकारीको छवि बनाएका सिंहको आफ्नो कार्यकाल विशेष र सफल रहेको संगठनको दाबी छ ।
त्यसपछि : अपराध महाशाखाको जिम्मेवार पाएका एसएसपी सिंहमाथि उपत्यकाभित्र शान्ति सुरक्षा मजबुत बनाउन र आपराधिक समूहलाई निगरानी गरी कार्यसम्पादन गर्ने ठूलो चुनौती थियो । पूर्व प्रहरी महानिरीक्षक ( आईजीपी ) सर्वेन्द्र खनालले महाशाखामा बस्दा बनाएको साख जोगाउन पनि सिंहमाथि चुनौती थियो । यो चुनौतीलाई आफू मातहतका प्रहरी कर्मचारीलाई परिचालन गरेर एसएसपी सिंह सफल भएको उनले गरेका कामहरुबाट नै पुष्टि हुन्छ । महाशाखामा बस्दा उनले आफूलाई अब्बल सावित गरेरै छाडे । सिंहले नै राजधानीभित्रका गुण्डा तथा आपराधिक समूहको सूची तयार पारेर कारबाही चलाएका थिए । महाशाखाले असार ७ गते काठमाडौंको मूलपानीमा ‘खुँडे’ भनिने अमरबहादुर तामाङलाई गोली नै चलाएर नियन्त्रणमा लिएको थियो ।
शान्ति सुरक्षा मजबुत बनाउने क्रममा एसएसपी सिंहको कार्यकालका बेला ललितपुरको युएन पार्क नजिकै गुण्डा नाइके अशोक लामामाथि गोली प्रहार भएको थियो । उनीमाथि जवाफी कारबाहीस्वरुप गोली प्रहार गरेर पक्राउ गरिएको थियो । असार १५ गते कालीमाटीबाट गुण्डा नाइके राजनकुमार भुजेललाई पक्राउ गरेपछि टोलेगुण्डाहरूमा आतंक मच्चिएको थियो ।
महाशाखाले असार १२ गते ललितपुरका महेशबहादुर सिंह, विरेन्द्रलाल श्रेष्ठलगायतबाट हतियार जफत गरेको थियो । काठमाडौं र ललितपुर जिल्ला प्रशासन कार्यालयबाट हतियार राख्ने अनुमति लिएर महेशबहादुर सिंहले मिटर ब्याजको धन्दा चलाउँदै आएका थिए । ज्यान मार्ने उद्योग मुद्दामा २ वर्ष कैद भुक्तान गरी छुटेका गुण्डा नाइके राजु गोर्खालीलाई काठमाडौं मलमा ठगी गरेको आरोपमा पक्राउ गरी मुद्दा चलाइयो ।
१९ भदौ २०७५ मा गुण्डा नाइके सत्यमान लामा ठमेलबाट पक्राउ परे । गुण्डा छुटाउन पुगेकी नेकपाकी सांसद नवीना लामालाई एसएसपी सिंहले हप्काएर पठाएका थिए । अपराध महाशाखाका अनुसार काभ्रे तिमाल स्थायी घर भई शंखमुल बस्दै आएका मानबहादुर तामाङ र उनकी दिदी जितमाया तामाङलाई ‘काट्छु–मार्छु’ भन्दै धम्की दिएको जाहेरी परेपछि सत्यमानलाई पक्राउ गरी मुद्दा चलाइएको थियो ।
एसएसपी सिंहले निर्माण व्यवसायी महासंघका तत्कालीन अध्यक्ष शरदकुमार गौचनको हत्याका नाइके समिरमान सिंह बस्नेतकी श्रीमती माया शेरचनसहित फरार रहेका सुटरहरु उदयपुरका अमरबहादुर राना, बिर्तामोडका लोप्साङ लामा र नागार्जुनका रोशन बुढाथोकीलगायतलाई भारतबाट पक्राउ गरी मुद्दा चलाए । ललितपुरको नख्खुस्थित एनसेलको कार्यालयमा बम विष्फोट गराउने नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका शिव धिमाल र डिकेन्द्र राईलाई पनि एसएसपी सिंहकै टोलीले पक्राउ गरेर कारबाही गरेको थियो ।
रानीबारीस्थित लालेन्द्र शेरचनको घरमा लुटपाट गर्ने समिरमान समूहका नवराज तामाङ, दिपेश भन्ने सन्त बहादुर तामाङ, बिक्रम श्रेष्ठ र दिपक रन्जितकार र रवि कुमार तामाङ्गलाई डाँका चोरी समेतको कसूरमा महाशाखाले पक्राउ गरी अनुसन्धान गरेको थियो थियो । लुटपाटको यो घटना एकदमै डरलाग्दो भएपनि एसएसपी सिंहको विशेष सक्रियताका कारण आपराधिक गिरोह फन्दामा परेको थियो । यो घटनामा मुछिएका एक डिएसपी पनि निलम्बनमा परेका छन् ।
त्यसैगरी , महाशाखाले नै काठमाडौंको बसुन्धरास्थित बैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष रोहन गुरुङको घरमा बम बिष्फोट गराउने कार्यमा संलग्न बिशाल तामाङ भन्ने राजिब तामाङ, नुम बहादुर बिकलाई पक्राउ गरी बिष्फोटक पदार्थ सम्बन्धी कसूरमा अनुसन्धान कारबाहीको लागि महाराजगञ्ज बृत्त पठाएको थियो । गोंगबुस्थित त्रिबेणी गेष्ट हाउसका सञ्चालक प्रबिण कुँवरको छोरा बर्ष ८ को प्रयास कुँवरलाई अपहरण गरी हत्या गर्ने कार्यमा संलग्न महेन्द्र एस.के.सार्कीलाई महाशाखा २४ घण्टा भित्र पक्राउ गर्न सफल भयो ।
भक्तपुरमा वालक निशान खड्कालाई अपहरण लगत्तै हत्या गरेर फरार रहेका २ जना अभियुक्तको महाशाखाकै टोलीसँगको भुठभेडमा मृत्यु भएको थियो । जुन कारबाहीले समाजमा प्रहरीले राम्रो ग(यो भनेर प्रशंसा भएको थियो । बैकिङ कसूरमा फरार रहेका चर्चित व्यक्ति तत्कालिन किष्ट बैंकका सिइयो कमल प्रसाद ज्ञवालीलाई महाशाखाकै टोलीले भारतबाट पक्राउ गरी नेपाल ल्याउन सफल भएको थियो ।



