Comments Add Comment

Advertisment

SKIP THIS

मनहरी प्रहरीले ९० किलो लागुऔषध सहित भारतिय नागरिकलाई पक्राउ

२१ चैत , काठमाडौं । पूर्व पश्‍चिम लोकमार्ग सडकमा चितवनबाट मनहरी तर्फ आउदै गरेको BR-25GA3092 नं. को भारतिय ट्रकलाई चेकजाँचको क्रममा लुकाई छिपाई ल्याएको ९० किलो लागुऔषध गाँजा बरामद गरेको ईलाका प्रहरी कार्यालय मनहरीका प्रमुख प्रहरी निरीक्षक प्रकाश थापाले बताए ।

प्रहरीले बिशेष सुचनाको आधारमा ईलाका प्रहरी कार्यालय मनहरी मकवानपुरबाट प्रहरी निरीक्षक प्रकाश थापाको कमाण्डमा खटिएको प्रहरी टोलीले जिल्ला मकवानपुर मनहरी गाउँ पालिका वडा नं. ६ स्थित पूर्व पश्‍चिम लोकमार्ग अन्तर्गत सडक खण्डमा चितवन तर्फबाट मनहरी तर्फ आउदै गरेको नं. BR-25GA3092 को भारतिय ट्रकलाई प्रहरीले रोकी चेकजाँच गर्दा ट्रकको क्याविनको भागमा फल्स बटम बनाई लुकाई ल्याएको लागुऔषध गाँजा ९० किलो फेला परेको र ट्रकका चालक भारत मोजफरपुर जिल्ला थाना काटी हरिचन्द्र गाउँ पानापुर बस्ने बर्ष ३५ को असगर अलिलाई लागुऔषध गाँजा र ट्रक सहित ईलाका प्रहरी कार्यालय मनहरीले नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको प्रहरी निरीक्षक प्रकाश थापाले बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै