Comments Add Comment

Advertisment

SKIP THIS

प्रहरीद्धारा ७ वटा वुलेट मोटरसाईकल बरामद

२४ चैत , काठमाडौं । प्रहरीले भन्सार छलि चोरी पैठारी गरि नेपाल भित्राएर नक्कली नम्बर प्लेट राखिएका ७ वटा वुलेट मोटरसाईकल बरामद गरेको छ ।

भारतीय नाकाबाट बिभिन्न मोटरसाइकल भन्सार छलि र चारी पैठारी गरि नेपाल भित्राई नक्कली नम्वर प्लेट राखि कारोबार गर्ने गरेको सूचनाको आधारमा अनुसन्धान गर्दा उपत्यकाका बिभिन्न स्थानबाट ७ वटा बुलेट मोटरसाईकल बरामद गरिएको महानगरीय अपराध महाशाखाका प्रवक्ता प्रहरी उपरीक्षक कृष्णप्रसाद कोईरालाले जानकारी दिए ।

सस्तोमा मोटरसाईकल बिक्रि गर्ने भन्दै केही व्यक्तिले ग्यारेजमा मोटरसाईकल छाडेर गएको पाइएकाले ती व्यक्तिहरुको खोजी कार्य सुरु गरिएको कोईरालाले बताए । नेपालमा बिक्रिबितरण नै नभएका करिब पाँच लाख पर्ने वुलेटका नयाँ मोडलहरु नेपालको नम्वर प्लेटमा दुई लाख रुपैयाँसम्ममा बिक्रि गर्न खोजिएको उनले जानकारी दिए ।

बरामद भएका करिब २१ लाख मुल्य बराबरको रोयल इन्फिल्ड कम्पनीका बुटेल मोटरसाइकलहरुलाई आवश्यक कारबाहीका लागि भन्सार कार्यालय गौचरणमा पठाइएको महाशाखाले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै