Comments Add Comment

Advertisment

SKIP THIS

२० जना राजदूत सिफारिसमा को-को परे ?

२५ चैत , काठमाडौं । सरकारले निर्वाचन आचारसंहिता लागू हुने पूर्व सन्ध्यामा २० देशका राजदूत नियुक्तिका लागि सिफारिस गरेको छ । बिहीवार बेलुका बसेको मन्त्रिपरिषद् बैठकले २० देशका राजदूत नियुक्तिका लागि सिफारिस गर्ने निर्णय गरेको हो ।

सिफारिस भएकामध्ये आठ जना परराष्ट्र सेवाका सहसचिव छन् भने बाँकी १२ जना राजनीतिक नियुक्तिका आधारमा सिफारिस भएका छन् । राजदूत नियुक्तिका लागि एकीकृत समाजवादीबाट कैलाश पोखरेल अस्ट्रेलिया र शर्मीला पराजुली (ढकाल) स्पेनका लागि सिफारिस भएका हुन् । त्यस्तै, नेकपा माओवादी केन्द्रबाट वासुदेव मिश्र श्रीलंका र विष्णु पुकार श्रेष्ठ चीनका लागि सिफारिसमा परेका छन् ।

यसैगरी, जनता समाजवादी पार्टीबाट पूर्व सांसद नवराज सुवेदी राजदूतको सिफारिसमा परेका छन् । त्यस्तै, ज्योति प्याकुरेल दक्षिण कोरियाका लागि राजदूतमा सिफारिस भएकी हुन् । मन्त्रिपरिषद बैठकले दानबहादुर तामाङ दक्षिण अफ्रिका, शान्ता रिजाल इजरायल, जसपाबाट रामसुरज राय डेनमार्क, मिलन तुलाधर रसिया र डिल्लीराज पौडेल मलेसियाको राजदूतका लागि सिफारिसमा परेका छन् ।

यसैगरी, परराष्ट्र सेवाबाट सह–सचिव दुर्गाबहादुर सुवेदी, घनश्याम भण्डारी, हरिशचन्द्र घिमिरे, तीर्थराज वाग्ले, डोरनाथ अर्याल, भरतकुमार रेग्मी र निर्मलराज काफ्ले सिफारिस भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Young Voices, Green Choices: Kamal Pokhrel Ignites Earth Day Action in Chandragiri Ward-13

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै